नेपाल राष्ट्रलाई कमजोर बनाउने र नेपाली जनताकाबीचमा बिभाजनकारी भूमिका खेल्ने माध्यम बनेको प्रजातान्त्रिक ब्यवस्थाप्रतिभन्दा पनि दलिय रबैयाप्रती म सहमत हुंनै सक्दैन। मैले यसो भन्दै गर्दा प्रजातान्त्रिक शासन ब्यवस्थाका पक्षधर मानिसहरुलाई अनिल योगी प्रजातान्त्रिक शासन ब्यवस्थाको बिरोधी हो भन्ने लाग्न सक्छ। यथार्थमा म प्रजातान्त्रिक शासन ब्यवस्थाको बिरोधी होईन र हुँनै सक्दैन।
यो ब्यवस्था माथी बिना कारण मैले प्रश्न उठाएको छैन। यो ब्यवस्था ल्याउनका लागि २०४६ सालमा पन्चायती ब्यवस्थाका बिरुद्ध जसरी हामी आन्दोलनमा सरिक भएका थियौं। त्यसरी नै सचेत एक नेपाली हुनुको नाताले यश ब्यवस्थाका राम्रा नराम्रा पक्ष केलाउने र बिरोध गर्ने र विकल्प खोज्ने अधिकार हामी संग सुरक्षित छ।
मेरो अध्यन र बुझाईमा २०४६ सालको परिवर्तन मुठ्ठिभर टाठाबाठाहरुका लागि मस्तिको माध्यम बनेको तत्थेलाई नजर अन्दाज गर्न मिल्दैन। मेरो यो भनाईलाई एक दशक लामो माओवादी नामको युद्ध र राज्यको प्रतियुद्धले पुष्टि गर्दछ।
त्यति मात्र होईन २०४६ साल पछि सत्तामा आएका राजनीतिक दलका नेताहरुले टनकपुर सन्धी( माहाकाली सन्धीलगायत दक्षिणको छिमेकीसंग बिभिन्न असमान सन्धी सम्झौता गर्दै आएका छन्।
२००७ सालमा भएको परिवर्तन अगाडि राजा त्रिभुवन लगायत नेपालका नेताहरुले दिल्लीसंग गरेका असमान सन्धी सम्झौताले नेपालको राष्ट्रियता( स्वाधिनता र भौगोलिक अखन्डतालाई संकुचन गर्ने काम गरेको इतिहासले सिद्ध गरेको बिषय हो।
हामिलाई प्रजातन्त्र मात्र चाहिएको हो भने र भारतीयहरुले बिना कुनै स्वार्थ सहयोग गरेका थिए भने २००७ को परिवर्तन पछि नेपालमा भारतले कस्तो भुमिका निर्बाह गर्यो। यस बिषयमा नेपालको राजनीतिमा चासो राख्नेहरुले समीक्षा गर्न नसक्नु दुःखद पक्ष हो।
त्यसै गरि २०४६ सालमा पनि हामिलाई प्रजातन्त्र मात्र चाहिएको हो भने( त्यसपछी नेपालमा के कस्ता राजनीति अपराध गरिए र भए भन्ने बारेमा बहस हुनुपर्छ कि पर्दैन ? २००७ सालमा भएको दिल्ली सम्झौता जस्तै २०६२ सालमा माओवादी युद्धलाई आधार बनाउँदै अर्को दिल्ली सम्झौता किन गरियो ? यस बिषयमा प्रजातन्त्रका आफुलाई मसिया ठान्ने यो देशका ठुला ठालुहरुले आज सम्म इमानदारी पुर्वक देशको रक्षाका सवालमा बहस चलाउन किन सक्दैनन् ? कित सबैको दिमागले काम गर्न छोड्यो ?
फेरि पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो यसमा मलाई कसैले सम्झाई राख्नु अअबश्यक छैन। मैले बुझेको सत्य के हो भने( ब्यवस्थाका नाममा देश मास्न सकिँदैन। आजका दिन यदि मलाई ब्यवस्था रोज्ने कि देश रोज्ने भनेर मलाई कसैले प्रश्न गर्यो भने म ब्यवस्था रोज्न सक्दिन देश रोज्नेछु र त्यही भन्नेछु।
नेपालको राजनीतिमा देखिएका मानिसहरु सबै जसो भारतीय दलालहरु हुन् भन्ने कुरा पुष्टिहुँदासम्म पनि राजनितीक दलका नेताहरुलाई प्रजातन्त्रका आधार हुन् भन्ने ठान्ने मुर्खता म कदापी गर्न सक्दिन र अरुले पनि गर्न हुँदैन भन्ने मेरो केवल आग्रह मात्र रहन्छ। सबैले मैले जस्तै गरि बिषयलाई अध्यन गर्नुपर्छ र बुझ्नुपर्छ मैले भन्न मिल्दैन।
यो राष्ट्रलाई बिदेशिको डिजाईनमा समाप्त पार्न खोजिदैछ भन्ने कुरामा म स्पष्ट छु। बिदेशिको योजना दलका नेताहरु माध्यम कार्यान्वयन हुँदैछ भन्ने कुरामा पनि म झनै स्पष्ट छु। हाल चर्चामा रहेको एमसीसीलाई स्मरण गर्दा मेरो दाबीमाथि थप बल पुग्छ।
आफै जनस्तरमा उठान भएका सामाजिक आन्दोलन हुन् यात प्रायोजित रूपमा बिदेशिहरुद्धारा उठान गरिदै गरेका आन्दोलन हुन्। ती आन्दोलनले नेपाल राष्ट्रलाई निकास देलान भनेर मेरो आत्माले अहिले पनि पत्याई रहेको छैन। किन कि नेपालमा आन्दोलन हुन्छन् तर परिवर्तन हुँदैन भन्ने कुरा २००७ साल देखि( २०४६ साल हुँदै १२ बुदे दिल्ली सम्झौता सम्मलाई हेर्दा नेपालमा आन्दोलन आफै हुँदैनन् गराईन्छन् भन्ने कुरामा म ढुक्क छु।
राष्ट्र र जनता प्रती साशकहरुले गद्धारी गर्दा आन्दोलन हुन्छन् र हुनुपर्छ । तर ती आन्दोलन हाम्रा बुतामा हुँदैछन कि छैनन् ?आन्दोलनको बागडोर हाम्रा हातमा छ कि बाहिर छ ? आन्दोलनको नेर्तित्व गर्नेहरु स्वाधिन छन् किछैनन् ? आन्दोलन पश्चात् परिवर्तित ब्यवस्थालाई नेर्तित्व दिने मानिसहरु कस्ता छन् लगायतका विषयप्रति नेपाली जनताले कहिले पनि गम्भिर भएर सोच्न र बुझ्न सक्दैनन्।
आजको नेपालको राजनीतिक सामाजिक र आर्थिक अबस्था हेर्दा यो तीस वर्षसम्मको दलका नेताहरुको नाटकमाथी अब प्रतिबन्ध लाग्छ र नेपाली जनता कै तागतमा लाग्ने हो। तर, त्यो भन्दा पछि कस्तो राजनीतिक ब्यवस्था हुन्छ ? कस्तो राजनीतिक नेर्तित्व पैदा हुन्छ ? त्यो राजनीतिक नेर्तित्व स्वाधिन हुन्छ कि नदेखिने गरि बिदेशिको दलाल हुन्छ
? आजका महत्वपूर्ण प्रश्न यिनै हुन्।
मलाई म नेता हुन्छु कि हुँदैन ? म भोलि सत्तामा बसेर भत्ता खान पाउछु कि पाउदिन ? देशी बिदेशी तत्वहरुले मलाई सत्तामा राख्नका लागि काँध हाली दिन्छन् कि दिदैनन् ? मेरो चिन्ताका बिषय यी हुँदै होईनन्।
मेरो चिन्ता के मात्र हो भने, देश बाँचोस र नेपाली जनताको जीवन सुरक्षित रहोस्। हाम्रा आफ्नै बिवेकका आधारमा राष्ट्र हाक्ने र नेपाली जनतालाई आफ्नै गतिमा चल्न दिने थितिको बिकास होस भन्ने मात्र हो। म जोड्ले भन्न चाहन्छु। अब पनि नेपाली जनताको भाबनालाई बुझ्ने काम जो बाट हुनुपर्ने हो त्यो त्यो बाट हुन् सकेन र जनताको आबेग र आक्रोसलाई मौकामा चौका हान्ने जुवाडेको दाउ सम्झिन थालियो भने लाखौं बेरोजगार युवाहरुका हातमा बिदेशिले थमाई दिएका बन्दुक हुनेछन्। नेपाल सुरक्षित राख्ने कि युद्धमा फसाउने जनता जनार्दनकै बिवेकका भरमा छोड्नुपर्छ।