भारत जान लागेकी सरिता गिरीलाई प्रहरीले सीमानाकाबाटै फर्कायो



काठमाडौँ। नेपाल-भारतबीचको सीमा विवादका विषयमा विवादित बनेकी सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन्।

मंगलबार सिराहाको ठाडी नाकाबाट भारतको बिहारतर्फ जान लागेकी गिरीलाई सीमाबाटै फिर्ता गरिएको हो। गत शनिबार संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेकी थिइन्।