विश्वमा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो



काठमाडौँ। विश्वभर कोरोना भाइरस (कोभिड १९’ बाट संक्रमित हुनेको संख्या ८० लाख नाघको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ८० लाख ३४ हजार ४६१ संक्रमित फेला परेका छन्।

सबैभन्दा धेरै अमेरिकामा २१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा संक्रमितको संख्या आठ लाख ८८ हजार नाघेको छ। त्यस्तै रुमिा पनि पाँच लाख ३६ हजारभन्दा धेरै संक्रमित छन्।

त्यस्तै विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख ३६ हजार ९०१ पुगेको छ। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा एक लाख १६ हजारभन्दा धेरै छ भने ब्राजिलमा ४३ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ।

बेलायतमा पनि मृतकको संख्या ४१ हजारभन्दा धेरै छ। अहिलेसम्म विश्वभर ३८ लाख ५७ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन्।