कालिकोटका २५ जनाले कोरोना जितेर घर फर्किए



कालिकोट। कालिकोटका २५ जना कोरोना भाईरस ‘कोभिड–१९’ लाई जितेर घर फर्केका छन्।

कोरोना पोजेटिभ देखिएपछि जेठ १८ गते देखि आईसोलेसनमा बसेका २९ जनालाई आईसोलेसनमा भर्ना गरिएका मध्ये रिर्पोट नेगेटिभ आएका २५ जनालाई डिस्चार्ज गरिएको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिए। अधिकृत महतका अनुसार २५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनीहरुलाई आईतबर साझ घर पठाईएको हो।

उनीहरुलाई कालिकोटको सदरमुकाम मान्मस्थित एकिकृत भवनको आईसोलेसन वार्डमा राखिएको थियो २५ जनालाई डिस्चार्ज गरिएको अब त्यहाँ ४ जनाले उपचार गराइरहेको महतले जानकारी दिए।