‘बाटो भुलेर’ बोलको राष्ट्रिय गीत सार्वजनिक


काठमाडौँ। संसारभर रहेका तमाम नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नै देशमा फर्किन आव्हान गरेको गीत ‘बाटो भुलेर’ आज सार्वजनिक भएको छ।

अर्बाजो आर्टसको प्रस्तुती रहेको यो गीतमा शब्द र संगित पुरुषोत्तम ढुंगेलको रहेको छ भने संगित निर्माण र नियन्त्रण किरण भुसालको रहेको छ।

परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय रहेको छ।

पुरुषोत्तम ढुंगेल किरण भुसाल र चर्चित गायक राज सिग्देलको स्वर रहेको यो गीतले सिमाना मिचिरहेको छिमेकीविरुद्ध सबै नेपालीहरुले एकजुट हुनुपर्ने सन्देश दिएको छ।

https://www.youtube.com/watch?v=-0RAVT1pl2M