सरिता गिरीको संशोधन सभामुखद्वारा अस्वीकृत (भिडियोसहित)



काठमाडौँ। संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका छन्।

संसदको शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी आफ्ना कुरा राख्नको लागि समय मागेकी थिईंन। तर, सभामुख सापकोटाले संक्षिप्तमा समय दिएपनि बोल्न भने पाईनन्।

उनको संशोधनलाई सभामुख सापकोटाले अस्वीकृत गरेको जानकारी दिए। सांसद गीत बोल्न उठेपछि अन्य सांसदले विरोध गरेपछि सभामुख सापकोटाले गिरीलाई दिएको समय खोसेर प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले संशोधन अस्वीकृत गरेको बताए।

नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ। यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन्।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविपसमेत जारी गरेको छ। सांसद गिरीले भने यसबारे सोचेर संसदमा जानकारी दिने दललाई बताएकी थिइन्।