काठमाडौं। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको पारदर्शीत नभएको भन्दै शनिबार पनि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।
माइतीघर क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन्।
उनीहरुले हिजो अस्तिका दिनको प्रदर्शनमा जस्तै क्वारेन्टिनलाई जोखिमयुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि माग राखेका छन्। उनीहरुले हातमा गुलाबको फूल लिएर सरकारलाई आफ्नो दायित्व नबिर्सिन स्मरण गराएका छन्।
प्रदर्शनस्थलबाट चार जना विदेशी नागरिक र एक जना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकालाई नगर प्रहरीमा राखिएको छ।