माइतीघरको आन्दोलनबाट चार जना विदेशी नागरिक पक्राउ



काठमाडौँ। राजधानीको माइतीघर मण्डला चोकबाट चार जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ परेको छ।

अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियाका एक÷एक जना नागरिकलाई शनिबार प्रहरीले मण्डलबाट पक्राउ गरेको हो। एमसीसी र रुकुम हत्याकाण्डबारे माइतीघर मण्डलामा विगत एक हप्तादेखि आन्दोलन हुँदै आइरहेको छ।

आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परे पनि उनीहरु आन्दोलनमा सहभागि हुन गएका थिए, वा आफ्नै काम विशेषले गएका थिए ? भन्ने कुरा यकिन भइसकेको छैन।

पक्राउ परेका उनीहरुलाई सोधपुछ हुने काम भइरहेको प्रहरीले जनाएको छ। हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ।