काठमाडौँ। लोकप्रिय कलाका हेमन्त कान्छा रसाइली र गायिका देवी घर्तीको स्वरमा ‘थर बदल्नु पर्दैन’ बोलको गीत बजारमा आएको छ।
सामाजिक जाजरण सम्बन्धि उक्त गीतको शब्द रचना सपना रसाइलीले गरेकी छन्। हेमन्तको संगीत तथा संगीत संयोजन रहेको गीतमा सुरविर पण्डित, अन्जु निरौला, हेमन्त रसाइली रविना भण्डारीलगायतको अभिनय रहेको छ।
केही सयम पहिले रुकुमको ६ जना युवाहरुको ज्यान गएको नरसंहारलाई ध्यानमा रोखेर समाजलाई जागरुक बनाउने र परिर्वतनको आभास गराउने खालका शब्दहरु गीतमा समावेश छन्।
जात बदल्नु नै विभेदको अन्त्य सम्भव भएका केही समाचारहरु आएका थिए। गीतले जात होइन सोच बदल्नुपर्नेमा जोड दिएको छ। जातीय विभेदको अन्त्य जात बदलेर होइन, सोच, चेतना, विचार र व्यवहारमा परिवर्तन हुनुपर्ने आम मान्यता गीतमा समावेश गरिएको छ।
भिडियो हेर्नुहोस्