सशस्त्रको गोली लागेर एक जनाको मृत्यु



काठमाडौँ। सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भई सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको हो। भारतीय नागरिकले नेपाल भारतका सीमानामा बाराम्बार आक्रमण गर्दै आएपछि सेनाले अनन्त गोली चलाउन बाध्य भएको हो।

घटनामा भारतीय पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन्। प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको बताइएको छ।

प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट ९बीओपी० मा विवाद गरेका थिए। उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ। त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ।