कालिकोटमा क्वारेन्टिनबाट घर फर्केका एक जनाको निधन



कालिकोट। क्वारेन्टाइनबाट घर फर्कँके कालिकोटमा एक जनाको मृत्यु भएको छ।

भारतबाट आएका जिल्लाको नरहरिनाथ गाउँपालिका १ निवासी ६० वर्षीय कालिबहादुर विष्टको लालीघाटमा मृत्यु भएको हो।

उनलाई सदरमुकाम मान्मको होटल चन्दसुर्यको क्वारेन्टाइनमा १५ दिन बसेर कोरोना नेगटिभ देखिएपछि विहिबार घर पठाइएको थियो।

क्वारेन्टाइनबाट घर पठाएका ४ जनामध्ये ६ जनालाई मृतक बिष्टसंगै डिस्चार्ज भएर घर फर्किएका थिए। १६ जना आरडिटी पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटक महतले बताएका छन्। मृतक बिष्टको स्वाव पुन: परिक्षण गरिने जनाइएको छ।