अनेरास्ववियू र युवासंघद्वारा सीमामा नयाँ नक्सासहितको बोर्ड राखियो



 

काठमाडौँ। मुलुकको पूर्वी नाका काकरभिट्टा प्रवेशद्वार मेची पुल नजिक नेपालको नयाँ नक्शा राखिएको छ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र युवा संगठन राष्ट्रिय युवा संघ मेचीनगर कमिटीले कालापानी लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्शा होर्डिङबोर्ड बिहीबार राखेको हो।

झापा क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले संयुक्त रुपमा नेपालको नयाँ नक्शा अनावरण गरेका हुन्। नेपालको नयाँ नक्सा जारी गरेर सरकारले देशको भौगोलिक अखण्डतालाई सुरक्षित राखेको प्रदेशसभा सदस्य बुढाथोकीले बताए।

कार्यक्रममा युवा संघ नेता सरोज मेहरा, विनोद मण्डल, लुसन तिवारी अनेरास्ववियु नेता सन्तोष धमला लगायतको उपस्थिति रहेको थियो।