मृगौला पीडित पाँच वर्षीय रसिमलाई बचाउन सहयोगको अपिल



कालिकोट। जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ का रंगबहादुर विश्वकर्माले आफ्ना ५ वर्षका छोरो रसिमको उपचारका लागि सहयोगको अपिल गरेका छन्।

दुबै मृगौला फेल भएर बिगत चार महिनादेखि रंगबहादुरले काठमाडौँको मेट्रो हस्पिटलमा छोराको उपचार गराउँदै आएका थिए। उनको आर्थिक अबस्था कमजोर भएका कारण बेखर्ची बनेको कर्णाली सन्देशसँग बताए।

उनले भने, ‘म मेरो बच्चालाई बचाउन चाहन्छु। छोरा बाँचेको देख्न चाहन्छु। तर, मसँग भएको सबै पैसा उपचारमा सकियो। अहिले पाटन हस्पिटलमा उपचार गराइरहेको छु। विगत चार महिनाबाट रसिम आइसियुमा छन्।’ छोरोको उपचारमा थप खर्च लाग्न बताए। आफूसँग पैसा सकिएका कारण उनले सहयोगका हात फिजाएका हुन्।

उनले देश तथा विदेशमा रहेका नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगका लागि अनुरोध गरेका छन्। मृगौला प्रत्यरोपण गर्न आर्थीक अवस्थाले नभ्याउने भएपछी उनले आफ्नो छोराको पुनःजीवनका लागि सहयोग मागि रहेका छन्।

उनले सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर 216003554810 मा सहयोग पठाउन सकिने बताएका छन्। प्रत्यक्ष सम्पर्कका लागि 9865862846 यो नम्बरमा सम्पर्क गर्न सकिने बताएका छन्।