सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा विपद् व्यवस्थापन केन्द्र कालिकोटको बैठक सम्पन्न भएको छ।
बिहीबार जिल्लाको सदरमुकाम मान्नमा बसेको बैठकमा मुख्यमन्त्री शाहीले (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएका पहलको जानकारी लिएका छन्।
साथै मुख्यमन्त्री शाहीले हरेक स्थानीय तहमा ५० वेडको आईशोलेसन निमार्ण गर्न, जिल्लामा एक सय वेडको आईशोलेसन व्यवस्थापन गर्ने, संक्रमितको ओसारपसार गर्न जिल्लामा भएका सवै एम्वुलेन्स प्रमुख जिल्ला अधिकारीको मातहतमा राखी परिचालन गर्ने, हाल सन्चालन रहेका एम्वुलेन्स अपुग भएमा ठूला गाडी भाडामा लिएर व्यवस्थापन गर्ने, पीसीआर टेष्टको दायरा बढाउने लगायत कुरामा जोड दिएका छन्।
त्यस्तै सामान्य संक्रमितलाई नगरपालिकाकै आईशोलेसनमा व्यवस्थापन गर्न, लक्षण देखिएका संक्रमितलाई जिल्ला अस्पतालमा उपचार गर्न र जटिल प्रकृतिका संक्रमितहरुलाई विशिष्टकृत अस्पतालमा पठाउने व्यवस्था गर्न सम्बन्धितलाई निर्देशन दिएका छन्।