काठमाडौँ। कुवेतमा भिसा सकिएका, आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन्।
कुवेतबाट आजै अर्को एउटा फ्लाइट पनि काठमाडौं आउँदैछन्। अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ।
यतिखेर उनीहरुलाई नेपाली सेनाले तोकिएका होल्डिक सेन्टरमा राख्नेछ। विमानस्थलमा साझा यातायातका आठवटा बस र नेपाली सेनाको एउटा बस स्टान छन्।