काठमाडौँ। सरकारका विरुद्ध प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चर्को विरोध प्रदर्शन भएको छ।
विरोध प्रदर्शनमा उत्रेका प्रदशनकारीहरुमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर तितरवितर पारेको छ।
लकडाउनपछि पहिलो पटक सरकारका विरुद्ध हजारौंको संख्यामा प्रदर्शनकारीहरु सडकमा ओलिएका छन्। उनीहरुले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका नाराबाजी गरेका छन्।
उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो।
तस्बिर: मुकुन्द कालिकोटे