कोहलपुर। नेपाल इन्भेस्टमेन्ट बैंकले बुधबार २ लाखको चेक द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेलाई हस्तान्तरण गरेको छ।
नेपालगंजमा संजालको भवन निर्माणका लागि सहयोग स्वरुप बैंकले सो रकम हस्तारण गरेको नेपालगंज शाखाका प्रमुख कृष्णराज जोशीले बताए । केन्द्रीय कार्यालयले सो रकम संजालको भवन निर्माणका लागि उपलब्ध गराउने निर्णय गरेपछि नेपालगंज शाखाले हस्तारण गरेको जोशीले बताए । संजालका केन्द्रीय उपाध्यक्ष शोभा बि.सी., संजालका बाँकेका अध्यक्ष जयन्ती के.सी.ले संयुक्त रुपमा चेक ग्रहण गरेका थिए ।
संजालका केन्द्रीय उपाध्यक्ष शोभा बि.सी.ले बैंकलाई धन्यवाद दिँदै भनिन्,–’यो सहयोग मात्रै हैन । यो हाम्रो लागि अगामी दिनका लागि थप उर्जा हो । संजालको भवन निर्माणमा जग बन्ने काम गर्नु भएको छ । यसलाई हामी एकल महिला दिदी बहिनीहरुले कदापी बिर्सने छैनौं ।’
उनले, यो रकमले आफूहरुलाई भविष्यमा डटेर इमानदारीका साथ एकल महिलाहरुका आवाज बुलन्द गर्न थप हौसला दिने बताइन् । संजाल बाँकेका अध्यक्ष जयन्ती के.सी.ले संजालको भवन निर्माणको काम कारोनाको कारणले केहि ढिला हुन गए पनि समयमै तयार हुने बताइन् । उनले भवन निर्माणका लागि अझै रकम कम भएकाले दाताहरुलाई सहयोगका लागि पनि अनुरोध गरेकी छिन् ।
मध्यपश्चिम क्षेत्रीय इपिसेन्टर बाँकेमा २ लाखको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तारन्तरण कार्यक्रममा संजालका पदाधिकारी, बैंकका कर्मचारी, अवकास प्राप्त प्रमुख सेनानी तथा इपिसेन्टर कार्यालयका प्रमुख इन्द्र बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।