काठमाडौँ। बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो।
थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए। योसँगै संक्रमितको कूल संख्या ४ हजार ३६४ पुगेको उनले जानकारी दिए।
मन्त्रालयले हालसम्म कोरानो निको भएर ६७४ जना घर फर्किएको जानकारी दिएको छ। जसमा ५९५ पुरुष र ७९ जना महिला रहेका छन्। यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको हो।