कर्णालीमा कोरोना संक्रमितको संख्या सात सय नाघ्यो



सुर्खेत। कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको संख्या सात सय नाघेको छ। कर्णालीमा बुधबारसम्म संक्रमितको संख्या ७०८ पुगेको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेका छन्।

दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं १, २, ३, ४ र ५ का २३ जना पुरुष र २ जना महिला रहेका छन्। सुर्खेतको बराहाताल गाउँपालिका ४, का एकजना पुरुष, गुर्भाकोट नगरपालिका १२ का दुईजना महिला १४ नम्बरका चारजना पुरुष र एकजना महिला रहेका छन्।

सिम्ता गाउँपालिका ३ का एक पुरुष रहेका छन्। त्यस्तै जाजरकोट छेडागाड नगरपालिका–१२ का दुईजना पुरुष, शिवालय गाउँपालिका १, का एकजना पुरुष रहेका छन्।