काठमाडौँ। आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले पेश गरेको (विनियोजन विधेयक) बजेट संसदबाट बहुमतले पारित भएको छ।
गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गरेका थिए।
उक्त बजेटलाई बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो। बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए।
कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक बर्षको लागि बजेटको आकार घटेको छ। चालु आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो।
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ। राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ। सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित गर्नेछ। संघीय संसदका दुबै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ।
यससँगै सरकारले संसदमा पेस गरेको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानत सम्बन्धी आश्रित विधेयक पारित गरेर प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाउन्छ। राष्ट्रिय सभाले पनि पारित गरेपछि बजेट पूर्ण रुपमा पारित भएको मनिन्छ।