एमसीसीका विरुद्ध चर्को आन्दोलन हुन्छ: सांसद सुवाल



 

काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी संसदबाट खारेज नगरे ब्यापक आन्दोलन हुने चेतावनी दिएका छन्।

बुधबार संसदमा बोल्दै उनले भने, ‘पटकपटक मन्त्री भएकाहरुले एमसीसी खारेजीको प्रश्न किन उठाएको भन्नु भएको छ। मन्त्रीपदमा बस्ने, राष्ट्रघाती एमसीसीका बारेमा उल्टै तिक्तता पोखेर हुन्छ ? एमसीसीका विरुद्धमा ठूला ठूला जुलुस उठ्नेछन्।’

एमसीसीका विरुद्धमा उर्लेको आन्लोदनको सामना गर्न सरकार तयार रहनु पर्ने सांसद सुवालको भनाई छ। उनले भने, ‘वर्षको पाँच अरबको लागि देशलाई युद्धमा फसाउन मिल्छ ? अमेरिकी सैन्य गठबन्धनमा जान मिल्छ ?

त्यस्तै सांसद सुवालले नयाँ वजेटबाट एमसीसी खारेजिको लागि राखेको खर्च कटौतीको प्रस्ताव संसदले अस्विकार गरेको छ। उनले संसदमा आफ्नो प्रस्ताव अस्वीकार भएपनि सकडबाट जनताले एमसीसीका बारेमा उचित निर्णय लिने चेतावनी दिएका छन्।