‘पूर्व टिष्टादेखि पश्चिमको काँगडासम्मको भूमि हाम्रो हो’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि सांसद रामकुमारी झाँक्रीले नेपालले पूर्वटिस्टादेखि पश्चिम काँगडासम्मको भू-भाग दाबी गर्न सरकारलाई सुझाव दिएकी छन्।

मंगलबार संसदमा नेपालको संविधानको दोश्रो संशोधनमाथिको छलफलमा भाग लिदै झाँक्रीले भारतले सुगौली सन्धि मान्दैन भने नेपालले पनि उक्त सन्धि मानिरहनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेकी हुन्। नेपालीहरुले युद्ध हारेर ग्रेटर नेपाल गुमाएको नभइ षड्यन्त्रका कारण भूमि गुमेको उनको तर्कछ।

नेपालले युद्धा नहारेको प्रमाण अहिले बेलायत र भारतमा रहेका गोर्खा सैनिकहरु भएको भन्दै यसमा सरकारले विशेष कदम चताल्नुपर्ने उनको भनाई छ।सरकारले आफ्नो भूमि फिर्ताका लागि पहल गर्दै आफ्नो पुरानो देश फिर्ता ल्याउनुपर्ने उनको भनाई थियो।