काठमाडौँ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवाका स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत पाँच जनाको सामूहिक हत्या भएको छ।
गएराति सुर्खेतका एक जना व्यक्तिले पुनको गाई फार्ममा कार्यरत ५ जनालाई बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन्।
घटनाबारे बिहानै स्थानीयलेप्रहरीलाई खबर गरेपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो। त्यसपछि सुर्खेतका झपेन्द्र सिजापतीलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बुझिएको छ।