कोरोना महामारी जित्ने देशहरु र नेपालले सिक्नुपर्ने पाठ



काठमाडौँ। स्लोभानिया सरकारले १५ मेमा देशमा कोरोना महामारी आधिकारिक रूपमा खत्तम भएको घोषणा गरेको थियो । यस्तो घोषणा गर्ने स्लोभानिया पहिलो युरोपेली मुलुक थियो। हरेक दिन एकदेखि दुई सङ्क्रमित मात्र भेटिन थालेपछि सरकारले यो घोषणा गरेको थियो । मार्च अन्तिमसम्म देशमा हरेक दिन ४० देखि ७० जना नयाँ सङ्क्रमित फेला परिरहेका थिए । अहिले स्लोभानियामा मात्र ६ जना सक्रिय सङ्क्रमित छन् ।

स्लोभानिया मात्र होइन विश्वमा यस्ता अन्य देश पनि छन् जहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या एकल अङ्कमा सीमित छ । यसमा आइसल्यान्ड र न्युजिल्यान्डजस्ता देशहरु सामेल छन् । कोरोनाविरुद्ध राम्रो तयारी र कार्यान्वयनका कारण अब यी देशहरु कोरोनाभाइरसबाट मुक्ति पाउने कगारमा छन् ।

विगतमा १०० भन्दा बढी सङ्क्रमित रहेका देश, जहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १ देखि १० को हाराहारीमा छ । त्यस्ता देशको रिसर्च रिपोर्ट स्

आइसल्यान्ड

आइसल्यान्डमा कोरोनाको पहिलो सङ्क्रमण २८ फेब्रुअरीमा देखियो । तर जनवरीको अन्तिम हप्तादेखि नै यहाँ बाहिरबाट आउने मानिसको अस्पतालमा परीक्षण गर्न थालिसकिएको थियो । यतिबेलासम्म धेरैजसो देशले एयरपोर्टमा स्क्रिनिङ गरेर यात्रुहरुलाई बाहिर जान दिएका थिए।

फेब्रअरीको सुरुवातदेखि नै यहाँ सामाजिक दूरी र हात धुनुपर्नेजस्ता सचेतना जगाउने सन्देशको मिडिया क्याम्पेनिङ सुरु भएको थियो । ५ मेइसम्म आइसल्यान्डले आफ्नो १३ प्रतिशत जनसङ्ख्याको कोरोना परीक्षण गरेको थियो । ती व्यक्ति जसमा कोरोनाको लक्षण थिएन तर दोस्रो देशबाट फर्किएका थिए, उनीहरु सबैलाई परीक्षण गरियो ।

यसबाट यो पनि थाहा भयो कि ० दशमलव ६ प्रतिशत केस यस्ता थिए, जसमा कोरोनाको कुनै पनि लक्षण थिएन । तर यी केस भाइरसका वाहक बन्दै थिए । यस्तोमा भाइरसको हटस्पस्ट बनिसेका देशबाट आएका मानिसलाई आइसोलेसनमा राखियो ।

यहाँ पूर्ण लकडाउन त भएन, तर हाइस्कुल, सैलुन र केही व्यावसायिक क्षेत्रलाई १५ मार्चदेखि बन्द गर्ने सल्लाह दिइयो र यस्ता क्षेत्र ६ हप्तासम्म बन्द रहे । ४ मेमा यी सबै खुला भए ।

न्युजिल्यान्ड

न्युजिल्यान्डमा ४८ घण्टामा कोरोना पोजेटिभको कन्ट्याक्ट ट्रेसिङ पूरा गरिन्थ्यो । न्युजिल्यान्ड २८ फेब्रुअरीमा पहिलो सङ्क्रमण देखिएको थियो । यसको २५ दिन पहिल्यै अर्थात् ३ फेबु्रअरीदेखि नै सरकारले चीनबाट आउने यात्रीहरुको प्रवेशमा रोक लगाएको थियो, त्यसमा केवल न्युजिल्यान्डका नागरिकलाई मात्रै छुट थियो ।

जब यहाँ सङ्क्रमित सङ्ख्या १ सय नाघ्यो तब २१ मार्चमा सरकारले अलर्ट सिस्टम इन्ट्रड्युस ग¥यो, यतिबेला अवस्थालाई लेभल–२ मा राखिएको थियो । २३ मार्च राति जब मामिला २ सयभन्दा धेरै भयो, तब लेभल ३ लगाइयो र २५ मार्च दिउँसो अवस्था लेभल ४ मा पुगेको घोषणा गर्दै लकडाउन लगाइयो ।

न्युजिल्यान्डमा कुनै पनि व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको ४८ घण्टाभित्रै उसको कन्ट्याक्ट टे«सिङ गरिन्छ । अर्थात कुनै व्यक्तिलाई कोरोना देखियो भने ऊसँग सम्पर्कमा आएका सबै मानिसलाई पहिचान गरेर सचेत गरिन्थ्यो र परीक्षण नहुँदासम्म सेल्फ– क्वारेन्टाइनमा बस्न सल्लाह दिइन्थ्यो ।

यहाँ ५ हप्ताको कडा लकडाउनपछि २८ अप्रिलबाट लकडाउनको अवस्था लेभल ३ आएको थियो अर्थात् सबै पसल तथा व्यापार क्षेत्रलाई काम फेरि सुरु गर्ने अनुमति मिल्यो ।

स्लोनेभिया

स्लोभानियाको सरकारले १५ मेमा देशमा कोरोना महामारी आधिकारीक रूपमा समाप्त भएको घोषणा ग¥यो । यस्तो घोषणा गर्ने यो पहिलो युरोपेली देश थियो । देशमा कोरोनाको पहिलो बिरामी ४ मार्चमा भेटिएका थिए । तर फेब्रुअरीको पहिलो हप्तामा नै यहाँ महामारीविरुद्ध लड्नका लागि बनेको कमिटीको प्रोटोकल तय भएको थियो । यसमध्ये कुन अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्ने, कुन डाक्टरले जिम्मेवारी लिने, यी सबै तय गरिएको थियो ।

स्लोभानियामा प्रधानमन्त्रीको राजीनामापछि १३ मार्चमा सरकार फेरिएको थियो र १६ मार्चमा यहाँ पूर्ण लकडाउन लगाइएको थियो । समय रहँदै चाँडै लकडाउन लगाउनु र यसको कडाइका साथ पालना गराउनु नै स्लोभानियाले कोरोना महामारी जित्नुको मुख्य कारण रह्यो ।

लकडाउन सफल बनाउनका लागि सरकारले आफ्नो जीडीपीको ६ प्रतिशत अर्थात् ३ अर्ब युरो हिस्सा देशका नागरिक र विजनेसम्यानलाई दियो, ताकि मानिसहरु नोक्सानीको भर्पाई गर्न सकुन्।

यहाँ बाहिरबाट आएका हरेक व्यक्तिलाई १४ दिनका लागि क्वारेन्टइन राखिएको थियो। १५ मेपछि सबै व्यावसायिक क्षेत्रलाई यहाँ खोल्न थालियो, स्कुल पनि खोलियो। यद्यपि सार्वजनिक कार्यक्रममा अझै पनि रोकतोक कायम छ।

आयल अफ म्यान

यस सानो देशले कोरोनाका कुनै सङ्क्रमित नभेटी लकडाउन घोषणा ग¥यो । १६ मर्चदेखि एक महिनासम्म लकडाउन लगाइएको थियो । इमर्जेन्सी पावर ऐनअन्तर्गत यहाँ सामाजिक दूरी कायम नराख्ने र सेल्फ आइसोलेसनको नियम तोड्नेलाई जरिवाना लिने प्रावधान थियो, अत्यावश्यकबाहेक सबै पस बन्द गर्न आदेश दिइयो । १५ अप्रिलमा यसलाई थप एक महिनासम्म बढाइयो । यहाँ अन्तिम केस २० मेमा देखिएको थियो अर्थात् पछिल्ला १४ दिनमा यहाँ सङ्क्रमणका कुनै घटना देखिएका छैनन् ।

मोरिसस

अफ्रिकी महाद्वीपको दक्षिण–पूर्वी किनारमा रहेको यस देशको जनसङ्ख्या केवल १२ लाखको आपसपास छ । तर क्षेत्रफलको तुलनामा यो जनसङ्ख्या धेरै ठूलो हो । त्यसैले जनघनत्वका आधारमा यो विश्वकै १०औँ देश हो । यसैकारण मोरिसस सुरुदेखि नै सचेत देयिखो । १८ मार्चमा देशमा पहिलो सङ्क्रमित फेला परे, त्यसको दुई दिनलगत्तै यहाँ स्कुल, अत्यावश्यकबाहेकका अन्य पसल र सीमा बन्द गरियो । २४ मार्चमा जब सङ्क्रमित सङ्ख्या ४२ पुग्यो, तब पूरै देशमा लकडाउन लगाइसकिएको थियो । सरकारको प्राथमिकता परीक्षण सँगसँगै कन्ट्याट टे«सिङमा रह्यो ।

मोरिससले कोरोनालाई सजिलैसँग हराउनुको एक कारण यो पनि हो कि यहाँ हेल्थ केयर सिस्टम निकै राम्रो छ । यहाँ प्रति एक हजार मानिसका लागि ३ बेड उपलब्ध छ । मोरिसस सरकारले सामाजिक सुरक्षाका लागि आफ्नो जीडीपीको ९ दशमलव ३ प्रतिशत खर्च गर्छ ।

मोन्टेनेग्रोमा २८ दिनदेखि नयाँ सङ्क्रमित भेटिएनन् युरोपेली देश मोन्टेनेग्रोमा ५ मेपछि कोरोनाको नयाँ सङ्क्रमण देखिएको छैन । १० मेपछि कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेको छैन ।

२४ मेपछि यहाँ कुनै एक्टिभ केस पनि छैन । अब चाँडै नै यहाँको सरकारले डब्ल्यूएचओ गाइडलाइन्सअन्तर्गत देशलाई कोरोनामुक्त घोषणा गर्ने तयारी गर्दैछ ।

देशमा कोरोनाको पहिलो सङ्क्रमण देखिनुभन्दा २ दिन पहिल्यै अर्थात् १५ मार्चमा मोन्टेनेग्रोले आफ्नो बोर्डर बन्द गरेको थियो ।

मार्चको सुरुवातमै यहाँका स्कुलहरु बन्द गरियो, भिडभाड गर्न रोक लगाइयो । २६ मेसम्म मोन्टेनेग्रोमा कुल जनसङ्ख्याको २ प्रतिशतको कोरोना परीक्षण भइसकेको थियो ।

फेरोई आइल्यान्डमा २३ अप्रिलमा अन्तिम केस

फेरोई आइल्यान्डमा २३ अप्रिलयता नयाँ सङ्क्रमित देखिएका छैनन् । डेनमार्कको यस सेल्फ गभर्निङ आइल्यान्डले ९ मेइमा आफूलाई कोरोनामुक्त घोषणा ग¥यो । ज्वालामुखी र चट्टानहरुको १८ द्वीपको समूह मिलेर बनेको यस भूभागमा अन्तिम सङ्क्रमण २३ अप्रिलमा देखिएको थियो । यहाँ कोरोनाबाट कसैको मृत्यु भएको छैन ।

९ मेमा जब यहाँको स्थानीय सरकारले प्रेस रिलिजमार्फत यस इलाका कोरोनमुक्त रहेको घोषणा ग(यो, त्यतिबेलासम्म ४८ हजार जनसङ्ख्याको यस देशमा १८ प्रतिशत मानिसमा परीक्षण गरिसकिएको थियो ।

फैरो आइल्यान्डका प्रधानमन्त्री स्टेग निल्सनले समयमा पठाइएका अत्याश्वयक कदम र प्रशासनले निकालेको निर्देशिकालाई स्थानीयले ठीकसँग पालना गर्नु नै कोरोनाको सफलताको कारण रहेको बताए ।

ब्रुनाईमा यसरी हासिल भयो सफलता

ब्रुनाईको नेसनल आइसोलेसन सेन्टरमा अब केवल १ मात्रै सक्रिय सङ्क्रमित छन् । यहाँ ७ मेपछि कुनै नयाँ सङ्क्रमण देखिएको छैन । ब्रुनाईमा पूर्ण लकडाउन कहिल्यै गरिएन तर राष्ट्रिय स्तरमा केही अत्यावश्यक निर्देशिका जारी गरिएको थियो । ग्लोबल हेल्थ सेक्युरिटी इन्डेक्स २०१९ मा ३२ दशमलव ६ स्कोरका साथ ब्रुनाई १ सय २८औँ नम्बरमा थियो तर यही इन्डेक्समा रिस्क इन्भारोमेन्टमा उसको स्कोर ६६ दशमलव ७ छ । जसको अर्थ आपतकालमा राम्रो तयारी गर्ने देश रूपमा ब्रुनाई चिनिन्छ । यही कारण, ब्रुनाईले महामारीलाई बिना लकडाउन नै जित्यो ।

कम्बोडियाको सफलता

कम्बोडियामा २७ जनवरीमा नै पहिलो कोरोना केस पहिचान भएको थियो । उहानबाट फर्किएका एक ६० वर्षका वृद्धमा सङ्क्रमण देखिएको थियो। यसपछि ७ मार्चमा अर्का एक स्थानीयमा कोरोना देखियो । यी व्यक्ति एक जापानी यात्रीको सम्पर्कमा आएका थिए, ती यात्रीमा कम्बोडियाबाट फर्किएपछि जापानमा ४ मार्चमा सङ्क्रमण फेला परेको थियो ।

जब यहाँको सरकारलाई यो सूचना मिल्यो, तत्कालै ती जापानी व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेस गरियो । यसमध्ये ३ नेगेटिभ र एक पोजेटिभ केस मिलेको थियो । ती व्यक्तिसँग सम्पर्कमा आएका ४० कम्बोडियनलाई होम क्वारेन्टाइन गरिएको थियो । प्रशासनको यस्तो तीव्र कारबाहीका कारण कोरोनाको यस लडाइँ कम्बोडियाले जित्यो ।

ट्रिनिडाड एन्ड टोबागोमा कडा लकडाउन

ट्रिनिडाड एन्ड टोबागोमा २६ अप्रिलपछि एकैपटक ३१ मेमा कोरोनाको सङ्क्रमण देखियो । यी व्यक्ति पहिल्यै क्वारेन्टाइनमा थिए र पहिलो दुई पटकको परीक्षण नतिजा नेगेटिभ आएको थियो । यहाँ पहिलो सङ्क्रमण १२ मार्चमा देखिएको थियो र २९ मार्चदेखि लकडाउन थियो । कडा लकडाउन र पोजेटिभ देखिएका बिरामीको तत्काल कन्ट्याक्ट ट्रेसिङका कारण यहाँ कोरोनाको सङ्क्रमण कम रह्यो ।

अरुबा आइल्यान्डमा लकडाउन तोड्ने पक्राउ

एटलान्टिक महासागरको यस सानो आइल्यान्डमा पहिलो सङ्क्रमण १३ मार्चमा देखिएको थियो । चार दिनपछि नै यस देशले आफ्नो सीमा बन्द ग¥यो ।

यहाँ २८ मार्चयता राति ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु लगाइएको थियो । मानिसहरुलाई अति आवश्यक कामबाहेक बाहिर निस्कने अनुमति थिएन । मेसम्म लकडाउन तोड्ने १ सय ८० जनालाई गिरफ्तार गरिएको थियो । केवल १ लाख जनसङ्ख्याको यस देशमा कडा लकडाउनका कारण सङ्क्रमितको आँकडा मार्चदेखि रोकियो । अहिले यहाँ कसैमा पनि सक्रिय सङ्क्रमण छैन ।

स्रोतः दैनिक भास्कर