निर्मला पन्तको हत्याबारे उत्तर दिन आएको होइन: मन्त्री गुरुङ



काठमाडौँ। संसदमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले निर्मला पन्तको बलात्कार र हत्याबारे जवाफ दिन अस्वीकार गरेका छन्।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि मन्त्री गुरुङलाई पूरक प्रश्न गर्दै कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तको बलात्कार र हत्याबारे मन्त्रालयले के गरेको छ रु भनेर सोधेकी थिइन्।

जवाफमा महिला मन्त्री गुरुङले भने, ‘निर्मला पन्तको विषयमा मैले उत्तर दिनुपर्नेजस्तो नहुन सक्छ। यो आजको विषय नहुन सक्छ। यो सदनभित्र निरन्तर चलिरहेको र चलिरहने प्रश्न हो। यसको उत्तर माननीयहरूलाई प्रदान गर्न म उभिएको छैन।’

यसैगरी, मन्त्री गुरुङले महिला हिंसाका घटना लकडाउनका क्रममा मात्रै नभएका बताएका छन्। ‘विगतदेखि ९महिला र घरेलु० हिंसा हुँदै आएको र यो बीचमा त्यस्ता हिंसा बढेको हो कि भन्ने केही पत्रपत्रिकाबाट समाचारहरू सुनिएकोप्रति मन्त्रालय अत्यन्तै सचेत छ’ उनले भने।