‘विद्युतीय सवारीमा करवृद्धि गरेर अर्थमन्त्रीले कसलाई खुशी पार्नु भएको हो ?



काठमाडौँ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विनियोजित वजेटमाथि प्रश्न गरेका छन्।

उनले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटले देशलाई निराशा बनाएको टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेशबुक मार्फत सहसंयोजक तामाङले विद्युतीय सवारी साधनमा कर वृद्धि गरेर देशलाई निराश बनाएको आरोप लगाएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारको पूर्व घोषणा विपरित वातावरणीय हिसाबमा प्रतिकुल हुनेगरी अर्थमन्त्रीले पविनियोजित वजेटमा विद्युतीय सवारी साधनमाथि कर वृद्धि गरेको विषयमा चौतर्फि आलोचना भइरहेका छन्।

सहसंयोजक तामाङले सवारी साधनमाथिको करवृद्धि गरेर कसलाई खुशी पारेको हो ? भन्दै प्रश्न समेत गरेका छन्।

उनले लेखेका छन्, ‘हामी उर्जामा आत्मनिर्भर बन्दैछौ। विद्युतीय सवारी साधनको प्रयोगले बढ्दो प्रदुषणमा पनि कमी आउछ। त्यसैले विद्युतीय सवारीसाधनलाई प्रोतहोत्सान गरिन जरुरी थियो। तर, विद्युतीय सवारी साधनमा करबृद्धि गरेर देशलाई निरास बनाएर, अर्थमन्त्रीले कसलाई खुशी पारेको हो बुझिएन।’