एमसीसी प्रकरण: अमेरिकाले काठमाडौँमा बम हान्दैन भन्ने के ग्यारेण्टी ?



काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी पास गर्नुपूर्व गम्भीर हुन आग्रह गरेका छन्। हिजो जापानको हिरोसिमा र नागासाकीमा बम हान्ने अमेरिकाले भोलि एमसीसीका कारण काठमाडौँमा बम हान्दैन भन्ने यो सरकारसँग के ग्यारेण्टि छ ?

आइतबार संसदमा खर्च कटौती प्रस्तावमा भाग लिँदै सांसद सुवालले हिन्द प्रशान्तमा नेपालको विजुली पुर्याउने भन्दै देश हार्ने निर्णयमा हस्ताक्षेर गर्ने मन्त्रीलाई होसियार बन्न चेतवानी दिएका छन्।

उनले भने, ‘देश हार्ने निर्णय गर्नुपूर्व सोच्नुहोला। हाम्रो सातपुस्ता नर्क जाने निर्णय गरिनु हुँदैन। तपाईं हाम्रो पुस्ताले राष्टघात गरेको कविता सात पुस्तासम्म कोर्नेछन्।’

त्यस्तै सांसद सुवालले असारे विकासमा सरकार तत्लिन भएको भन्दै आपत्ति जनाएका छन्। उनले भनेका छन्, ‘सडक कालोपत्रे गर्ने, ढल निकास नगर्ने? देशका बारेमा कोही गम्भीर नहुने ? ठूला पद भनेकै भ्रष्टाचारका प्रतिक हुन्? चाणक्य नीति किन लागु हुँदैछ? दुई सचिव राख्ने मन्त्रीमाथि छानविन गरिनुपर्छ।’

त्यस्तै उनले संसदमा प्रस्तावित बजेट भारतीय प्रभावबाट आएको गम्भीर आरोप लगाएका छन्। उनले भनेका छन्, ‘यो बजेट भारतीय प्रभावबाट आएको देखिन्छ। ठूलाहरुलाई पोस्ने र भारतबाट प्रभावित व्यक्तिको सुरक्षा गर्ने खालको देखिन्छ। सत्तारुढ नेकपाको पार्टी कार्यालय, वालुवाटार, सितलनिवास ठगहरुबाट जोगाउनु पर्यो।’