कर्णालीमा कोरोनाबाट संक्रमण हुनेको संख्या ५८७ पुग्यो



काठमाडौँ। कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। हालसम्म कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने संक्रमितको कूल संख्या ५८७ पुगेको छ।

संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित पुष्टि भएको हो।

पुष्टि भएकामध्ये डोल्पाका संक्रमितको भने मृत्यु भएको छ। उनको जेठ २१ गते मृत्यु भएकोमा संकलित स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो।