रोनाल्डो बने खर्बपति



आधुनिक फुटबलका हस्ती पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिलियनर एक बिलियन डलर अर्थात १ खर्ब २१ अर्ब नेपाली रुपैयाँ माथि आर्जन गर्ने० बनेका छन्। रोनाल्डो फुटबलबाट बिलियनर क्लबमा प्रवेश गर्ने पहिलो फुटबलर बनेका छन्।

बेलायती पत्रिका फोब्र्सले जारी गरेको सुचीमा रोनाल्डो खेल दौरान नै १ बिलियन कमाई गर्ने तेस्रो खेलाडी बनेका हुन्। खेल करियरमा रहँदा यसअघि टाइगर वुड ९२००९० र फ्लोयड मेवेदर ९२०१७० मा १ बिलियन कमाइ गर्ने खेलाडीको सुचीमा अटाएका थिए। फोर्ब्सको पछिल्लो सुचीमा खेलकुद बाहिरका काइली जेनर र कान्य वेस्ट तथा टेनिस खेलाडी रोजर फेडेरर पनि १ बिलियन कमाई गर्नेको सुचीमा अटाएका छन्।

रोनाल्डोले १७ वर्षे फुटबल करियरमा खेलबाट आउने तलबबाट नै ५११ मिलियन पाउन्ड ९६५० मिलियन डलर० कमाएका छन् । यसबाहेक बाँकी पैसा भने उनले प्रायोजनबाट आर्जन गरेका हुन्। उनले कमाइको हिसाबले अर्का सुपरस्टार अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीलाई पछि पारेका छन्। मेस्सीले खेलबाट नै २००५ देखि ९४७५ मिलियन पाउन्ड० ६०५ मिलियन डलर कमाएका छन्। उनको प्रायोजन समेत रकम जोड्दा अर्को वर्ष बिलियनर हुने फोर्ब्सले अनुमान गरेको छ।

रोनाल्डोको इन्स्टाग्राममा २०० मिलियन फलोअर्स छन्। ट्वीटर र फेसबुकमा पनि उत्तिकै छन्। उनले ट्वीटर र फोटो सेयरिङ एपबाट ४२७ मिलियन कमाएका छन्। खेल सामाग्री कम्पनि नाईकबाट रोनाल्डोले वार्षिक १५ मिलियन पाउन्ड र अन्य विभिन्न प्रायोजनबाट वार्षिक ३५ मिलियन पाउन्ड कमाउँदै आएका छन्।

केहि दिन अघिमात्र ३५ वर्षीय रोनाल्डो वार्षिक कमाइ १०५ मिलियन डलर ९८२.६ मिलियन पाउन्ड० सहित फोर्ब्स सुचीमा खेलाडीतर्फ तेस्रो स्थानमा अटाएका थिए। कोरोना संक्रमणका कारण युभेन्टसबाट तलब कटौतीसँगै प्रायोजन सम्झौतामा पनि असर परेको छ।