भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु



बाजुरा। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टाइनमा रहेका एक जनाको मृत्यु भएको छ।

जेठ १५ गते भारतबाट आएका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो। शुक्रबार साँझदेखि खाना नखाएका उनको राति मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र रावतले बताए।

गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले जानकारी दिए। मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँमा आएको वडाध्यक्ष रावतले जानकारी दिए।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए। मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गैरेले बताए।