उपभोक्ता समितिको विवादलाई लिएर वडा कार्यालयमा तालाबन्दी



कालिकोट। जिल्लाको राष्कोट नगरपालिका वडा नम्बर पाँचका स्थानीयले उपभोक्ता समिति गठनको विषयलाई लिएर तालाबन्दी गरेका छन्।

नपाको आरसीपी बजार वृहत्त खानेपानी उपभोक्ता समितिमा आफूलाई कुनै छलफल नगरिकन कार्य सञ्चालन गरिएको भन्दै शुक्रबार स्थानीय युवाहरुले वडा पालिकाको कार्यालयमा ताला लगाएका हुन्।

सो उपभोक्ता समितिका बारेमा वडा नम्बर पाँचका जनतालाई गुम्राहमा राखेको र मनपरी ढंङ्गले आफ्ना मान्छेहरुलाई समितिमा राखिएको भन्दै ४५ जना युवाहरुले वडा कार्यालयमा ताला लगायका छन्।

ध्वजबहादुर शाही पटक पटक ध्यानार्कष गराउँदा पनि आफ्ना कुराहरुलाई व्यवस्था गरेको भन्दै तालाबन्दी गर्न बाध्य भएको बताछन्। उनका अनुसार चार बुँदे मागसहित तालाबन्दी गरिएको हो।

विधिवत रुपमा समिति गठन गर्नुपर्ने, विकासका योजनाहरुमा स्थानीयसँग परामर्श गर्नुपर्न, अवैज्ञानिक समित खारेज गर्नुपर्ने र सामाजिक सुरक्षा भत्ताको श्रेता उपलब्ध गराउनुपर्ने लगायतका माग राखिएका छन्।