नेपालमा कोरोना संक्रमितको संख्या २९ सय नाघ्यो



 

काठमाडौँ। नेपालमा शुक्रबार मात्रै २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ। शुक्रबार एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ।