काठमाडौँ। सरकारले विदेशमा अलपत्र परेका नागरिकहरुको उद्दार कार्य सुरु गर्ने भएको छ।
शुक्रवार (भोलि) देखि नेपाल सरकारले पहिलो लटमा युएई र बर्मामा अलपत्र परेका नेपाली नागरिकहरुको उद्दार गर्ने भएको हो।
युएईमा अलपत्र परेका एकसय ५० जनाभन्दा बढी नेपाली लैजान शुक्रवार पहिलो उडान हुनेछ। यसैगरी प्राथमिकताको आधारमा भिजिट भिसा, बृद्धा, गर्भवती महिलालाई आगामी ८ तारिक नेपाल फर्काउने तयारी भैरहेको युएई दूतावास श्रोतले जनाएको छ।
दूतावासको जानकारी अनुसार युएईमा ५० भन्दा बढी नेपाली गर्भवती महिला उद्दारको पर्खाईमा रहेका छन्। युएईबाट नेपाल फर्कने चाहने नेपालीको संख्या १८ हजार ७ सय ७२ जना रहेको छ। यसैगरी बर्मामा अलपत्र परेका २६ नेपालीलाई पनि सरकारले शुक्रबार नै नेपाल लैजाँदैछ।