कोरोना संक्रमित २६३४, मृतकको संख्या १० पुग्यो



काठमाडौँ। नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार ६ सय ३४ जना पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ।

पाल्पामा ४५ वर्ष उमेरका एक पुरुषको मृत्यु भएको छ। उनी भारतबाट पाँच दिन अघि नेपाल आएका थिए। स्वास प्रस्वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो। गत २० गते उनको मृत्यु भएको थियो।

मृतकको स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि मन्त्रालयले कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको हो। त्यस्तै कोरोना महामारीको अग्रपंत्तिमा रहेर उपचारमा खटिएका १४ जना स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित बनेका छन्।