हुम्लामा वितरण गरिएको राहत सरकारी जागिरेका आफन्तले नलिएको दाबी



काठमाडौँ। हुम्लामा वितरण गरिएको राहत सरकारी जागिरहेका व्यक्तिहरुले नपाएको दाबी गरेका छन्।

गत सोमबार यस कर्णाली सन्देशमा प्रकाशीत ‘हुम्लामा पीडितले पाउनुपर्ने राहत सरकारी जागिरेका आफन्तलाई’ भन्ने समाचारपछि केही सरकारी जागिरेमा संलग्न व्यक्तिहरुले आफूहरुले राहत नलिएको र चरित्र हत्या गर्ने मनसायले नाम समावेश गरिएको दाबी गरेका छन्।

उल्लेखित समाचारमा सरकारी जागिर गरेका आफन्तलाई पैसा निकाशा गरेको षिय उल्लेख गरिएको थियो। तर, जिल्लाको सर्केगाढ गाउपालिका वडा नम्बर दुई रिप राहत रकम विततरण गर्ने जिम्मा वडापालिकालाई दिएको पालिकाका प्रशासकीय अधिकृत रुद्र शाहीले बताएका थिए।

पालिकाको अन्तीम नामावलिमा २६३ जनाको नाम उल्लेख गरेको छ। तर, उक्त नामावलिमा नाम भएका दलजित कार्कीले आफ्नो नाम किन राखियो ? र कसले रकम खायो ? भन्ने जिज्ञासा राखेका छन्।

यो पनि पढ्नुहोस्

हुम्लामा राहत बितरणका नाममा अनियमितता

हुम्लामा पीडितले पाउनुपर्ने राहत सरकारी जागिरेका आफन्तलाई

कार्कीका अनुसार गाउपालिकाले २६३ जनाको नाममा १५ सयका दरले रकम निकासा भएको र उक्त रकम काठमाडौंमा रहेका याङ्जोर कार्कीका नाममा जम्म १०७ जनाको रकम पठाएको पाइएको छ। उनका अनुसार बाँकी रकम वडा कार्यलयका कर्मचारिलाई नै जानकारी रहेको बताएका छन्।

कार्कीले सामाजिक संजालमा एक नोट लेख्दै आफ्नो बदनाम गराउन खोज्नेलाई छानबिन गरि कारबाहीको माग गरेका छन्। सरकारी जागिरे र जनप्रतिनिधीले राहत नपाउने भनेर पालिकाले गरेको निर्णय बिपरित नाम लिस्ट संकलन गरिनु र नाम लिस्ट बमोजिम राहत पिडितले नपाउनु कतै नीतिगत भष्टाचार भएको त होइन भन्ने प्रश्न उठेको छ। एक स्रोतका अनुसार नाम संकलन गरेर पालिकाबाट रकम निकाल्ने तर, नाम छैन भनेर रकम कुम्ल्याउन खोज्ने अभिलासा रहेको पाइएको छ।

यसै सन्दर्भमा बुझ्न खोज्दा पालिकाका प्रशासकी अधिकृत रुद्र शाहीले छानबिन हुने बताएका छन्। शाहीले वडालाई जिम्मा दिएको र अनियमितता भए छानबिन हुने बताए।

यता आफ्नो नाम हटाएका याङ्जोर कार्की भने पैसा आफ्नो खातामा पठाएको र सबै वितरण गरि सकेको बताएका छन्। सरकारी जागिरे होस् या श्रमिक पीडित समस्यामा परेका जो कसैले पनि राहत पाउनुपर्ने तर, कसैलाई दिने र कसैलाई नदिने भन्ने नियम हटाउन सकियो भने पालिका स्वच्छ र आरोपरहित रहने पालिकाबासिको सुझाव छ।