जातको आधारमा नेपाली जातिका आ-आफ्नै जातीय परिचय थिए र छन्। हरेक जातिका स्वीकार्य कर्म थिए र फरकफरक भूमिका थिए। हाम्रा धर्म र संस्कृती पनि एउटै थिए। बिदेशीका डिजाईनमा भए गरिएका राजनीतिक ब्यवस्था परिवर्तन पछि जातीय समस्यालाई मुख्यरूपमा र योजनाबद्ध तरिकाले उठाउन सुरु गराईयो।
हरेक जातभित्रका छट्टु बाहुनहरुले आ-आफ्नो जातिका समस्यालाई मुद्धाका रुपमा उठाउने र राज्यसँग आफ्ना लागि पद, मान, सम्मानको जीवनको भाग माग्ने निम्न स्तरको काममा हरेक नेपाली जातिका ठालुहरु लागि परे।
आफूलाई नेपाली जनता राष्ट्रको मालिक ठान्नुको सट्टा साघुरो घेरा भित्रको एउटा जाती र समुदायको नेता बनाउने र त्यसैमा रमाउने धन्दामा कजाउनका लागि बिदेशीले हरेक जातिका ठालुहरुलाई हिसाव नै राख्न नसकिने गरि पैसा दिएका थिए।
धर्म छाडा बिदेशिका दुई चार दर्जन दलाल बाहुनहरुका लागि चैका पर्यो तिनीहरुले सबै नेपाली जातिका काँधमाथी कुनै बिदेशी बैरिले जस्तै घोडा चढ्ने काम गरे र अझै गर्दैछन्।
नेपालका दलित समुदायबाट कुनै बिद्धान देशभक्त यो देशको प्रधानमन्त्री हुन् सकेका खन्डमा पसुपतिनाथमा भारतीय प्रधानमन्त्रीले जस्तै पुजा गर्न पाउने उनको अधिकार सुरक्षितछ।
नेपाली मुसलमान दाजुभाई दिदिबहिनिहरु पनि देशको कार्यकारी प्रमुख हुन सक्छन्। तर, उनको धर्म अनुसार पशुपतिमा पुजा गर्न नजालान्। त्यो पनि उहाहरुलाई हाम्रो राष्ट्रिय धर्मले छुट दिएकोछ।
यस्तै कारणले हाम्रा पुर्खाहरुले साझा राजनीतिक सस्था हुने तर नेपालको राजा हिन्दु हुनु पर्नेछ भन्ने संबैधानिक ब्यवस्था गरिएको हो। त्यसो हुँदा कार्यकारी प्रमुख प्रधानमन्त्री जुनसुकै जाती र धर्मको भए पनि राष्ट्रिय धर्मको संरक्षण र सम्बर्द्धन राजसंस्थाले गर्नेछ भन्ने विधिबिधान निर्माण गरिका थिए। ती बैज्ञानिक पनि थिए।
पहिलो राष्ट्रपति डा.रामवरण यादव र विद्या भन्डारीले बिगत राजाले जस्तै भुमिका निर्बाह गरेको त देखियो। यही ब्यवस्था अनुसार भोलि मुसलमान यात पछि आएको धर्मअनुसार कृसियन समुदायबाट कुनै ब्यक्ति राष्ट्रपति भएको खन्डमा के गर्ने ? यस विषयमा पदलोभी अधर्मिहरुको बिवेकले काम गर्न सकेन।
यस्ता उल्लुका हातमा राज्यसत्ता र ब्यवस्था छोडेर शान्ति र प्रगतिको जीवन खोज्ने नेपालीले यस्ता विषयमा अब बहस गर्ने समय आएको छ। अन्यथा नेपालीलाई थप दुःखका दिन आउने संकेत देखिन थालेका छन्।