जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद


रौतहट। जिल्लाको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले जलाउन लागेको अवस्थामा एकजना महिलाको शव बरामद गरेको छ।

बुधबार चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ बर्षकी सष्स्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शव बरामद गरेको डीएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन्।

मृतकका श्रीमान मुकेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिएका छन्। महिलाको मृत्युपछि घरका अन्य सदस्यहरु फरार रहेका छन्। माइती पक्षलाई जानकारी नै नदिएर दाह सँस्कार गर्न लागेको भन्दै मृतकका आफन्तले प्रहरीलाई खबर गरो थिए।

मृतकका आफ्न्तले शंकास्पद मृत्यु भएको सूचना प्रहरीमा दिएपछि प्रहरीले जलाउन लागेको शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।