मनिसा कोइराला नेपाल पुगिन्



काठमाडौं। चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला भारतको मुम्बईबाट स्थल मार्ग भएर नेपाल आईपुगेकी छन्।

उनी मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् ।

उनी लकडाउनका कारण भारतको मुम्बईमा थिईन् । कोइराला सपरिवार नेपाल आएको बुझिएको छ। उनी बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो ।

तर, लकडाउन लम्बिएपछि उनी हवाईमार्गहुँदै काठमाडौं आउन सकिनन् र आज स्थलमार्ग हुँदै काठमाडौं आईपुगेकी हुन् ।

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण समेत गरेका थिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कोइराला सपरिवार बेलहिया नाकाहुँदै नेपाल प्रवेश गरेको पुष्टि गरेका छन् ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा मनिषाले वाहवाही कमाएकी छिन् ।