काठमाडौँ। सामाजिक अभियन्ताहरु एवं वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ, पत्रकार अनिल योगी र पुर्वएआइजी डा.ठाकुर मोहन श्रेष्ठले वर्तमान सरकारले देशको राष्ट्रिय ढुकुटि सखाप पार्ने खेलमा लागेको आरोप लगाएका छन्।
मंगलबार तीन जना अभियान्तहरुले एक संयुक्त विज्ञप्ति जारी गरेर उक्त आरोप लगाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसबाटभन्दा नेपाली जनताहरु बेरोजगारी र भोकमरीबाट बढी दुःखी छन्। अन्यदेशबाट आएका आफ्ना नागरिकहरुलाई सीमानामा ढोका थुन्नु सरकारको गद्दारी हो।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘वर्तमान शासकहरुले देशको सम्पूर्ण आम्दानी आफ्नो तलब भत्तामा खर्च गरिरहेका छन्। विकासको नाममा देश र जनताको नाममा वैदेशिक ऋणको भारी बोकाउने काम गरिरहेका छन्।’
विज्ञप्ति हेर्नुहोस्