‘फुटबल खेलमात्र नभएर मानिसको जीवन नै पहिलेको अवस्थामा र्फिर्कँदैन’



अर्जेन्टिना। अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले कोरोना भाइरस (कोभिड १९) पछिको समयमा फुटबल खेल मात्र नभएर मानिसको जीवन नै पहिलेको अवस्थामा नफर्किने बताएका छन् ।

करिब तीन महिनापछि युरोप अहिले सामान्य अवस्थामा फर्कने प्रयास गरिरहेको छ । युरोपेली राष्ट्रहरुले सुरक्षाको लागि अर्बौं पाउन्ड खर्चेका छन् । यद्यपि कोरना भाइरसबाट लाखौँ मान्छेले ज्यान गुमाएका छन् ।

यो अवस्थाबाट बाहिर निस्कन मुस्किल छ भन्दै मेस्सीले भने, ‘हामी प्रत्येकलाई लागिरहेको छ यो सबै भइसकेपछि अबको जीवन पहिलेको जस्तो हुने छैन ।’

‘यो महामारीको रुपमा आएको भाइरसका कारण गर्नुपरेको लकडाउनले धेरैको जीवन समस्यामा परेको छ । प्रत्यक्ष रुपमा हरेकको जीवनलाई असर गरिरहेको छ । लाखौँ मानिसले आफ्नो परिवारका सदस्य गुमाएका छन् उनीहरुले अन्त्येष्टीमा समेत सहभागी हुन पाएका छैनन् । तपार्इं आफूले माया गर्ने नजिकको मानिस गुमाउनुभन्दा दुःखद अर्को के विषय होला र रु यो कुराहरुले म दुःख महसुस गरिरहेको छु,’ उनले भने ।

युरोपमा कतिपय लिगका लागि खेलाडीहरु अभ्यासमा छन् । इंग्ल्याण्ड, स्पेन र इटालीले पनि लिग सुरु हुने मिति तय गरिसकेका छन् । जर्मनमा बुन्डेस लिगाका खेलहरु चलिरहेका छन्। यी खेलहरुमा दर्शकको खासै साथ छैन । त्यसकारण होला खेलकुद पनि पहिलेको समयमा जस्तो नहुने मेस्सीको बुझाइ छ।