सुर्खेत। कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ।
सोमबार बिहान र दिउँसो ५७ जना नयाँ संक्रमित थपिएका छन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २३३ पुगेको छ।
थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९/९ जना र अछामका एकजना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए।
संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर १, २, ३, र ५ का १२ जना, पञ्चपुरी नगरपालिका वडा नम्बर १० का एकजना, भेरीगंगा नगरपालिका ११ का तीन जना छन्। लेकवेशी नगरपालिका(१ की ८ वर्षीया बालिका र भेरीगंगा नगरपालिका ११ का ४ वर्षीया बालकमासमेत संक्रमण देखिएको छ।
दैलेखको नारायण नगरपालिका वडा नम्बर १, ३ र ८ का ७ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकजना, नौमुले गाउँपालिका २ का एकजना पुरुष रहेका छन्। त्यस्तै सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं। ३, ४ र ६ का ९ जना पुरुष रहेका छन् भने अछाम चौपाटी गाउँपालिका २ का एक रहेका छन्।