कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो



सुर्खेत। कर्णाली प्रदेशमा सोमबार फेरि थप ३२ जनामा कोरोना पुष्टि भएको छ। नयाँ पुष्टि भएकाहरूसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएका ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिएका छन्।

दैलेख नारायण नगरपालिका वडा नं १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका ३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन्।

यसअघि आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो।