एमसीसी पास गर्नेहरुलाई इतिहासले माफ गर्ने छैन: नायिका थापा



काठमाडौँ। नायिका तथा सामाजिक अभियन्ता रेखा थापाले मेलिनियम च्यालेन्ज कप्रोरेशन (एमसिसी) संसदबाट पास नगर्न सुझाव दिएकी छन्।

इन्डोप्यासिफिक (अमेरिकी रक्षा बिभाग रणनिती) को एक अंगका रुपमा विकसित एमसीसी नेपाल सरकारले संसदबाट पास गर्न खोजिरहेको छ। सरकारले नयाँ आर्थिक वर्ष २०७७/०७८ मा एमसीसी समावेश गरिसकेको अवस्था छ।

यसै सन्दर्भमा विगत लामो ससयदेखि एमसीसीको विरुद्धमा आवाज उठाउदै आएकी नायिक थापाले (एमसिसी) सम्झौता नेपाललाई स्वाधिन बन्न नदिने र बिदेशी सेना परेड खेलाउने योजना भएको दाबी गरेकी छन्।

त्यस्तै उनले एमसीसी मार्फत शक्तिशाली देशहरुले नेपाललाई अफ्गानिस्तान, सिरिया जस्तै रणभुमी बनाउने र आत्मनिर्भर हुन नदिने प्रपञ्च रचिरहेको बताएकी छन्।

आइतबार सामाजिक सञ्जाल फेशबुक मार्फत सरकारलाई कुनै पनि हालत एमसीसी पास नगर्न चेतावनी दखिएकी छन्। तथापी एमसीसी पास गनेहरुलाई इतिहासले माफ नगर्नेसमेत स्पष्ट पारेकी छन्।

उनले लेखेकी छन्, ‘एमसिसी सम्झौता नेपाललाई स्वाधिन बन्न नदिने र बिदेशी सेना परेड खेलाउने योजना हो। देशलाई अफ्गानिस्तान, सिरिया जस्तो शक्ती केन्द्रको रणभुमी बनाउने र कहिलै आत्मनिर्भर हुन नदिने प्रपञ्च हो। चाहे जतिसुकै पैसाको प्रलोभन किन नदेखाइयोस्। चाहे जो सुकै मान्छे एजेण्टको रुपमा लागि परुन। यसलाई पास गर्नु हुँदैन। आगामी पुस्ताले कहिलै माफ गर्ने छैनन्।