लकडाउन जेठ ३२ सम्म, सेना परिचालन गर्ने सरकारको निर्णय


काठमाडौं। सरकारले गत चैत् ११ गतेदेखि सुरु गरेको लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो। यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ।

विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने सरकारको तयारी छ। त्यस्तै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुने निर्णय गरिएको छ।

मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो।