कालिकोट, दैलेख र बाजुराका गरी १९ जनामा कोरोना पुष्टि



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शनिबार गरिएको पीसीआर परीक्षणमा कालिकोट, दैलेख र बाजुराका गरी १९ जनामा कोरोना पोजिटिभ देखिएको छ। कालिकोटका १७ जनासहित दैलेख र बाजुराका एक/एक जनामा कोरोना पुष्टि भएको हो।

प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. ५ का वर्ष १९, ५०, २६, २१, ४०, २२, २४, ३५, २२, तथा वडा नं ४ का वर्ष २०, २२, २० का पुरुषमा संक्रमण देखिएको छ।

यस्तै, कालिकोट महावै–२ का वर्ष ४२, २१ का पुरुष, वडा नं ७ का वर्ष ५२, ३३ का पुरुष, वडा नं. ५ का वर्ष २० का पुरुषमा संक्रमण देखिएको छ। शनिबारसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ३ हजार ३ सय ७५ वटा नमुना पीसी परिक्षण गरिएको छ।

दैलेखमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकसहित ५ स्वास्थ्यकर्मीको टोली आइतबार बिहान जाने तयारी भइरकेको पनि काफ्लेले बताए।

शनिबार संक्रमण देखिएका दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुषको मृत्यु भइसकेको छ। त्यस्तै बाजुरा जिल्लाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। उनी जगन्नाथ–५ का ४० वर्षिय पुरुष हुन्।