काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूका सहसंयाजक रञ्जित तामाङले सरकारले प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १६६ सच्याउनुपर्ने माग गरेका छन्।
सरकारले प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने नीजि विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै कम्तिमा एक सामुदायिक विद्यालयमा शैक्षिक पुर्वाधार सामाग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने भनी उल्लेख गरेको छ।
सहसंयोजक तामाङले सिंहदरवारमा रहेका शैक्षिक माफियाहरुसँगको अबको लडाई हुनेसमेत चेतावनी दिएका छन्। सरकारले नीजि विद्यालयको उत्तरदायित्व लिनुपर्नेमा समयमा उल्टै नीजि विदालयलाई उत्तरदायित्व हस्तान्तरण गर्ने नीति आउनु आम नेपाली विद्यार्थीको भाग्य र भाविष्यमा अन्धकार पर्ने प्रसाय भएकोप्रति संकेतसमेत उल्लेख गरेका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘बजेटको १६६ नम्बर बुँदा कुनै पनि मुल्यमा सच्याईनु पर्दछ। बाख्राको हेरचाह गर्न बाघ चौकिदार राख्ने निति नियोजित छ। अबको लडाई सिंहदरवारमा रहेका शैक्षिक माफियाहरु संग हुने छ।’