बेलबारी घटना: आमाको हत्यापछि घाँटी रेटेर आत्महत्या


बेलबारी। मोरङको बेलबारी नगरपालिका ४ काकुम बुधबारेमा एक युवाले आफ्नी आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेका छन्।

बिहिबार ३१ बर्षिय जीवन लिम्बुले चुलोबाट ईटा निकाली प्रहार गर्दा ६१ बर्षीया आमा देबीकुमारी लिम्बुको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषीराज ढकालले बताए ।

आमाको हत्या गरेपछि हतार हतार गरी जीवनले छिमेकीको भान्सा घरमा छिरेर तरकारी काट्ने चक्कुले आफनो घाटी रेटेर घाइते भएको प्रहरी निरीक्षक ढकालले बताए ।

ढकालका अनुसार घाइते जीवनको उपचारका क्रममा सामुदायिक नोवेल अस्पताल बेलाबारीमा मृत्यु भएका हो। जीवन लागु औषध दुर्व्यसनी रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आमा-छोरा बिच सामान्य झगडा हुँदा जीवनले इटा प्रहार गरेर आमाको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। उनको शब पोष्टमार्टमको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।