भारतबाट फर्किनेहरुका लागि २० नाका खुल्ला



काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ। समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आधिकारिक रुपमा आउन दिने निर्णय गरेको हो।

स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए। यसभन्दा पहिले नेपालीहरु लुकिछिपि नेपाल प्रवेश गरिरहेका थिए।

उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन्।