‘भारतसँग वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं’



काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमाका विषयमा भारतसँग औपचारिक वार्ताको प्रतीक्षा गरिरहेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उनले भने ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौं। भारतसँगको सीमासम्बन्धी विवाद कुटनीतिक माध्यमबाटै समाधान गर्ने पनि मन्त्री ज्ञवालीले बताए।

नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रको भूभाग समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि र हालै त्यस क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले कुटनीतिकम माध्यमबाट विरोध जनाई वार्ताको प्रस्ताव गरेको थियो।

तर, भारतले तत्काल वार्ताको प्रस्ताव अस्वीकार गरेको छ। मन्त्री ज्ञवालीले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको काममा मात्र खटाउने तयारी भइरहेको पनि जानकारी दिए।