जनार्दन शर्माले पनि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी फिर्ता गरे



 

काठमाडौँ। कोरोना महामारीका बेलामा व्यक्तिभन्दा आम जनताको सुरक्षा महत्वपूर्ण हुने भन्दै पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका छन्।

सत्तारुढ (नेकपा) नेतासमेत रहेका प्रभाकरले आफ्नोभन्दा ठूलो राष्ट्र र जनताको सुरक्षा भएको स्पष्ट पार्दै बिहीबारबाट गाडीसहित सशस्त्र प्रहरीको टोली फिर्ता गरेका हुन्।

उनको सुरक्षार्थ गृहमन्त्रालयले सई ईश्वर केसीको नेतृत्वमा आठ जनाको टोली खटाएको थियो। उनीहरुलाई बिहीबार जावलाखेलस्थित निवासबाट नेता प्रभाकरले खादा लगाइदिएर विदाई गरेका छन्।

केही दिन पहिले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि आफ्नो सुरक्षार्थ खटिएका प्रहरी जनताको सुरक्षामा खटिनका लागि अनुरोध फिर्ता गरेका थिए।